Fast Nepal News

दशैंमा गाडी किन्ने हो ?

banner single news

काठमाडौं, असोज ९ – नेपालीहरुको महान् चार्ड विजया दशमी नजिँकिदै गर्दा विभिन्न गाडीहरुले दशैंलाई लक्षित गर्दै अफरहरु ल्याएका छन् । विभिन्न ब्राण्डका गाडीहरुले गत वर्षहरुमा जस्तै यसपालीको दशैंमा पनि विभिन्न अफरहरु सार्वजनिक गरेका छन् । नेपालका लागि स्याङयोङ्ग मोटर्सको आधिकारिक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ अफर ल्याएको छ । ग्राहकहरूले यस अफर मा ३ लाख रुपैँयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसका साथै कम्पनीले डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु लाई थप १ लाख डिस्काउण्ट दिइने जनाएको छ । त्यस्तै, एक वर्षसम्म निःशुल्क बीमा र तीन बर्ष वारेन्टी रहेको छ । त्यस्तै, निःशुल्क सर्भिसिङ्ग लगायत सेवा उपलब्ध हुनेछ ।

त्यस्तै, ग्राहकहरुले आफ्ना पूराना सवारीसँग एक्सचेन्जबापत २ लाख एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ । यो अफर असोज ७ गतेदेखि असोज २० गतेसम्म मात्र रहने कम्पनीले जनाएको छ ।

त्यसैगरी, हुन्डाईले पनि दशैंलाई लक्षित गर्दै दशैं अफर ल्याएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारिक विक्रेताले ‘यसपालिको दशै तिहार वेलकम टु हुन्डाई परिवार ’ योजना ल्याएको हो । यस योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्डमार्फत थप १ लाख सम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी, बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई १ थान जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बीमाको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । त्यसका साथै स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै विशेष प्याकेज दिने निर्णय समेत गरेको छ । यो योजनाको अवधि यहि असोज ५ देखि मंसिर ५ सम्म लागू हुनेछ ।

कम्पनीका अनुसार सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ र १ बर्ष निःशुल्क सवारीकर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, जि.ओ. अटोमोबाईल्स प्रा.लि. (जिओ फोर्ड), नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेताले चाडपर्व दशैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ । यो वर्ष फोर्ड फेस्टिभ अफर अन्र्तगत, ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न अफरहरु ल्याएको हो । नगद छुट, आर्थिक वर्षका लागि सडक कर र एक वर्ष निःशुल्क बीमा लगायत अफर उपलब्ध गराएको छ । गाडीको बुकिङ्गमा नगद छुट, सडक कर र बीमाको नियमित लाभहरु बाहेक ग्राहकले यी योजनाहरु मध्ये एउटा छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, ग्राहकले बक्सबाट ३ वटा स्क्रयाज कार्ड छनोट गरी ४ लाख ५० हजारसम्म जित्ने सक्नेछन् । प्रत्येक स्क्रयाज कार्डमा ग्यारेण्टी मूल्य २५ हजार रुपैयाँ रहेको र बढीमा यो १ लाख ५० हजार रुपैंयाँसम्म कम्पनीले जनाएको छ । यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रीस्टाईल र फोर्ड इकोस्पोर्टको भेरियन्टहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी, टिभिएस टू–ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले एक उपभोक्ता योजना ‘टिभिएस दशैँको आशा’ अफर सार्वजनिक गरेको छ । यस योजनामा ग्राहकहरुले नगद तथा पुरस्कारहरु जित्ने अवसर प्राप्त गर्नेछन् । यस योजना अन्तर्गत कुनै पनि मोटरसाइकलको खरिदमा ९ हजार रुपैँयाँ छुट र ७ हजार स्कूटरमा वा शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, हरेक हप्ता एक जनाले आरआर ३१० जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । ११० देखि ३१० सिसिसम्मको गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आर टि आर १६०, अपाचे आर टि आर २००४ भि, अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिकको बिविध विशेषता रहेको कम्पनीले जनाएको छ ।

Inside Article Ads

त्यसैगरी, डीएफएसकेको आधिकारिक बिक्रेता कुजु नेपालले दशैँ–तिहारलाई लक्षित गर्दै प्रिमियम एसयुभी खरिदमा चार लाख रुपैंयाँसम्म नगद छुट दिने गरी अफर सार्वजनिक गरेको छ । कुजुले १० लाख रुपैंयाँ बुझाएर पनि गाडी लैजान सक्ने गरी अफर सार्वजनिक गरेको छ । कम्पनीले ५० प्रतिशत डाउनपेमेन्ट तिरेर पनि ग्राहकलाई ६ महिनाको मासिक किस्ता कम्पनीले नै तिरिदिने व्यवस्था गरेको जनाएको छ ।

त्यस्तै, लक्की ड्र मार्फत ५ लाखको बम्पर पुरस्कार पनि जित्न सकिने कम्पनीले जनाएको छ । त्यसका साथै पुराना गाडी लिएर एक्सचेन्जमा पनि १ लाख रुपैयाँसम्मको बोनस तथा चालु आर्थिक वर्षको सडक दस्तुर पनि तिरिदिने व्यवस्था गरेको जनाएको छ ।

त्यसैगरी, बजाजले पनि दशैँ तिहारलाई लक्षित गर्दै चाडपर्व योजना अघि सारेको छ । बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले खुसी खोज्ने होइन रोज्ने भन्ने नारा सहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको हो । दशैं र तिहार चाडपर्वको अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुशीका साथ उत्सवहरु मनाउने अवसर प्रदान गरेको छ । रोजेरै खुसी योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर १० हजार रुपैंयाँ नगद छुट पाउँन, अथवा ५० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याज वा २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको सुविधा मध्ये कुनै एक अफर छनोट गरी लाभ लिन सकिनेछ । यो योजना देशभरका सबै बजाज शोरुमहरुमा उपलब्ध रहको कम्पनीले बताएको छ । बजाजको यस योजनामा भाग लिन वेबसाइटमा गएर फारम भर्नु पर्नेछ । जसमा किने पनि वा नकिने पनि आरआर ३१० जित्ने अवसर पाइने कम्पनीले जनाएको छ ।

त्यस्तै, सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने योजना ल्याएको छ । त्यसका साथै एक्सचेन्ज तथा सरल फाइनाइन्सको सुबिधा पनि उपलब्ध गराएको छ ।

त्यसैगरी, हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले पनि दशैंको योजना सार्वजनिक गरेको छ । यस कम्पनीले ‘दशैको वर्ष हिरोत्सवको हर्ष’ भन्ने नारासहित दशैं योजना ल्याएको छ । कम्पनीले हिरोको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १ लाख रुपैयाँसम्मको बम्पर उपहार, ५ हजार पक्का डिस्काउण्ट र हरेक स्क्रयाच कुपनमा १ लाखसम्म क्यास प्राप्त गर्न सक्ने योजना सार्वजनिक गरेको छ । हिरोका स्कुटर तथा मोटरसाइकल खरिदमा शुन्य प्रतिशत डाउनपेमेन्टमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.