Fast Nepal News

हायर पर्चेज कम्पनीले ग्राहकबाट थप ४ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

banner single news

काठमाडौँ — १७ माघ २०७८

काठमाडौँ , सवारीसाधन तथा मेसिनरी सामान बिक्री गर्दा ग्राहकलाई किस्ताको सुविधा दिँदै आएका हायर पर्चेज कम्पनीहरुले लिन पाउने अधिकतम ब्याजदरमा नयाँ सीमा निर्धारण गरिएको छ । राष्ट्र बैंकले हायर पर्चेज कम्पनीसम्बन्धी नीतिगत व्यवस्थामा परिमार्जन गर्दै सीमा निर्धारण गरिदिएको हो । अब त्यस्ता कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा आफूले प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजमा ग्राहकलाई थप ४ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जाको ब्याजदर तय गर्नुपर्नेछ । यो व्यवस्थाअनुसार यी कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणमा औसत ९ प्रतिशत ब्याज तिर्दै आएको भएमा ग्राहकबाट १३ प्रतिशतभन्दा बढी लिन पाउने छैनन् ।

कम्पनीले कर्जा प्रवाह गर्दा धितो (सवारीसाधन वा उपकरण) को मूल्यमा अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न पाउने छन् । हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि किसिमका निक्षेप वा बचत संकलन गर्न पाउँदैनन् । हायर पर्चेज कम्पनीले ग्राहकबाट किस्ता रकम असुल हुन नसकी बक्यौता रहेमा त्यस्तो किस्ता रकम छ महिना भन्दा बढी अवधिले भाखा नाघेमा बक्यौता किस्ता रकमलाई शंकास्पद कर्जामा वर्गीकरण गरी ५० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । किस्ता रकम एक वर्ष भन्दा बढी अवधिले भाखा नाघेमा सम्पूर्ण कर्जा रकमलाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । शंकास्पद तथा खराब वर्गमा वर्गीकरण गरिएका कर्जालाई निष्कृय कर्जा भनिनेछ र यस्तो अवस्थामा ब्याज रकमको लेखांकन नगद प्राप्तिको आधारमा गर्नुपर्नेछ । हायर पर्चेज कर्जा दिने कम्पनीको न्यूनतम चुक्ता पुँजी (साधारण शेयर) ३० करोड हुनुपर्नेछ ।
Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.