Fast Nepal News

आयोगका अध्यक्षले स्पष्टीकरणपत्र बुझ्न मानेनन्

banner single news

काठमाडौँ — १२ माघ २०७८

काठमाडौँ , विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले सरकारद्वारा गठित छानबिन समितिले सोधेको स्पष्टीकरणपत्र बुझ्न अस्वीकार गरेका छन् । आफू कोभिड संक्रमित भएको भन्दै उनले स्पष्टीकरणपत्र बुझ्न नमानेका हुन् । गत पुस ८ मा बसेको मन्त्रिपरिषद् बैठकले आयोगका पदाधिकारीले पदीय दायित्व पूरा नगरेको तथा उनीहरूको कार्यक्षमता चित्तबुझ्दो नरहेको भन्दै पदबाट हटाउन प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । सरकारले आयोगका पदाधिकारीमाथि छानबिन गर्न उच्च अदालत विराटनगरका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको संयोजकत्वमा पूर्वसहसचिव विष्णुबहादुर थापा र आशिष घिमिरे सदस्य रहने गरी छानबिन समिति गठन गरेको थियो ।

छानबिन समिति स्रोतका अनुसार आयोगका २ जना सदस्यले स्पष्टीकरण बुझे पनि अध्यक्ष सिंहले बुझेका छैनन् । ‘उहाँले स्वास्थ्यको कारण देखाउँदै पत्र बुझ्न मान्नुभएन । हामीले दबाब पनि दिएनौं । अब निको भएपछि बुझ्नुहुन्छ होला,’ स्रोतले भन्यो, ‘अरू दुई जना सदस्यले भोलिपर्सिसम्ममा आफ्नो सफाइ बुझाउनुहुन्छ । अध्यक्षको हकमा पत्र बुझेको मितिले ७ दिनको समय पाउने भनिएको छ । त्यसपछि अरू प्रक्रिया अघि बढ्छन् ।’ आयोगका पदाधिकारीहरूमाथि छानबिन गर्न सरकारले समितिलाई १५ दिनको समय दिएको थियो । उक्त समयमा छानबिनको नसकिने भन्दै मन्त्रालयलाई लिखित जानकारी गराइसकेको पनि स्रोतले बतायो । स्रोतले भन्यो, ‘गम्भीर विषय भएकाले विस्तृतमा अध्ययन गरेर मात्रै प्रतिवेदन बुझाउँछौं । समितिलाई थप समय उपलब्ध गराउन मन्त्रालयमा निवेदन पठाइसकेका छौं ।’

Inside Article Ads

आयोगका सदस्य रामेश्वरप्रसाद कलवार र भागिरथी ज्ञवालीले भने समितिले सोधेको स्पष्टीकरणपत्र बुझिसकेका छन् । त्यस्ता अर्का सदस्य रामप्रसाद धितालले स्पष्टीकरण दिनुअघि नै पदबाट राजीनामा दिइसकेका छन् । उनको राजीनामा स्वीकृतसमेत भइसकेको छ । विद्युत् नियमन आयोग ऐनको दफा ९ लाई आधार बनाएर गठित छानबिन समितिले सोही ऐनको परिच्छेद ३ अनुसार आयोगका लागि तोकिएका काम कर्तव्य र अधिकार पूरा भए–नभएको बारे पदाधिकारीहरूसँग स्पष्टीकरण सोधिएको जनाइएको छ ।           

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.