Fast Nepal News

राष्ट्र बैंकले माग्यो ३ जना इन्जिनियर र १० जना चालक, तलब कति ?

banner single news

काठमाडौं, असोज ८ – नेपाल राष्ट्र बैंकले करारमा तीन जना सिभिल इन्जिनियर र १० जना सवारी चालक माग गरेको छ । राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जना र सिद्धार्थनगर कार्यालयमा एक जना सिभिल इन्जिनियर माग गरिएको हो ।

स्नातक उत्तीर्ण गरि दुई वर्षको कार्य अनुभव भएकाले सिभिल इन्जिनियरिङ पदमा निवेदन दिन सक्ने बैंकले जनाएको छ। योग्यता पुगेका नेपाली नागरिकले असोज २२ गतेसम्ममा आवेदन दिन सक्ने छन् । सिभिल इन्जिनियरको मासिक तलब ५९ हजार ७०० रुपैयाँसहित अन्य सुविधा तोकिएको छ । करार अवधि ६ महिनाको हुनेछ ।

Inside Article Ads

यता सवारी चालक पदमा कम्तिमा १० वर्ष सवारी चालक अनुभव भएको र ४५ वर्ष ननाघेकाले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । चालकको तलब २८ हजार र खाजा खर्च २ हजार तोकिएको छ । करार अवधि ६ महिनाको हुनेछ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.