Fast Nepal News

दमौलीमा महिला उद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रदर्शन

banner single news

दमौली ।  महिला उद्यमी संघ नेपाल तनहुँको आयोजनामा एक दिने वित्तीय साक्षरता तथा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी एवम्  प्रबद्र्धन कार्यक्रम बिहिबार दमौलीमा सम्पन्न भएको छ । कार्यक्रम तनहुँ उद्योग वाणिज्य संघको हलमा उक्त सामग्रीहरुको प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा  सय भन्दा बढी महिला उद्यमीहरुद्वारा उत्पादित  वस्तुहरु  बिक्रीका लागि राखिएको थियो । महिला उद्यमीहरुले निर्माण गरेका चुरा, पोते, टप, औठी, चप्पल, गुडिया लगायतका आकर्षक सामग्रीहरु बिक्री वितरण गरिएको थियो ।

उक्त सामग्री प्रदर्शनी कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशकी विधानसभा सदस्य सरिता गुरुङले गरेकी थिईन् । सो अवसरमा बोल्दै उनले महिलाहरुलाई आत्मनिर्भर बनाउन उद्यमशिलताका  कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्दै जानुपर्ने बताइन । यस्ता कार्यक्रमले  गरिबी निवारणमा समेत सहयोग पुग्ने गुरुङले दलिल पेश गरिन ।

Inside Article Ads

संघकी अध्यक्ष निर्मला मल्लको सभापतित्वमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, संघका पूर्व अध्यक्ष अशोककुमार श्रेष्ठ, मंगलप्रसाद श्रेष्ठ, व्यास नपा वडा नं। २ का अध्यक्ष काशीराम श्रेष्ठ, वडा नं ९ का अध्यक्ष सुरेश थापा, वेदव्यास जेष्ठ नागरिक आश्रमकी अध्यक्ष सावित्रा श्रेष्ठ, महिलाद्वारा सन्चालित मादि सेति सहकारी कि अध्यक्ष सुशिला शर्मा,महिला उद्यमी विकास समितिकी सभापति शकुन्तला आले, संघकी सचिव सरु श्रेष्ठ लगायतले बोलेका थिए ।

व्यास नगरपालिका वडा नं २, तराइ बोटलर्स नेपाल कोकाकोला, ब्रजेश श्रृंगार महल, अरपित टे«डर्स, सानिमा बैंक, गोर्खा ब्रुअरी टुबोर्ग, अजीज स्टोर्स, सिताज लाइफ स्टाइल लगायतका संस्थाहरुले उद्यमीहरुलाई सामान उत्पादनका लागि सहयोग पु¥याएका थिए ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.