Fast Nepal News

सेयर बजार १०१ अंक बढ्यो

banner single news

काठमाडौँ — २८ मंसिर २०७८

काठमाडौँ , सोमबारसम्म तीव्र ओरालो झरेको सेयर बजार मंगलबार भने सुधारउन्मुख देखिएको छ । १२: ३२ बजेसम्म परिसूचक १०१.८७ अंकले बढेर २३८३ अंकमा पुगेको छ । यतिबेलासम्म सबै १८८ कम्पनीको मूल्य बढिरहेको छ । कारोबार रकम पनि बढ्ने संकेत देखिएको छ । सो समयसम्म १ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

Inside Article Ads
तरलता संकटपछि घटिरहेको बजार केही दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालको एक अभिव्यक्तिपछि झनै ओरालो लागेको थियो । बजार उच्च अंकमा घटेपछि मंगलबार सेयर मूल्य सस्तो भएको मौकामा खरिद पक्ष केही बलियो देखिएको छ । यद्यपि यो वृद्धिदर अल्पकालीन हुन सक्ने छ ।    

( कान्तिपुर दैनिक )

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.