Fast Nepal News

उच्च वृद्धिपछि सेयर बजारमा सर्किट ब्रेक, कारोबार स्थगित

banner single news

काठमाडौँ — २८ मंसिर २०७८

काठमाडौँ , मंगलबार सेयर बजारमा उच्च अंकको वृद्धिपछि सर्किट ब्रेक लागेको छ । १२ बजेर ३८ मिनेट जाँदा अघिल्लो दिनको तुलनामा ५ प्रतिशतले बढेपछि बजारमा सर्किट लागेको छ । सो बेलासम्म ११४.२५ अंकले नेप्से बढेर २३९५ अंकमा पुगेको छ । सर्किट ब्रेक लागेपछि कारोबार ४० मिनेटसम्मका लागि बन्द भएको छ ।

दिनभर ६ प्रतिशतसम्म नेप्से बढ्न वा घट्न सक्नेगरीमा सर्किट ब्रेकरको सीमा तोकिएको छ । जसमा कारोबार खुलेको पहिलो घण्टाभित्र ४ र दोस्रो घण्टाभित्र ५ प्रतिशतसम्मको सर्किट ब्रेकर सीमा छ । १२: ३८ बजेसम्म १८६ कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको मात्रै घटेको छ । सबै उपसमूहहरु बढेका छन् । १३ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । 

Inside Article Ads

( कान्तिपुर दैनिक )

  

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.