Fast Nepal News

दोब्बर पुग्यो अलैंचीको मूल्य

banner single news

ताप्लेजुङ — ५ मंसिर २०७८

ताप्लेजुङ , सदरमुकाम फुङलिङका अलैंची व्यवसायी भद्रवीर रेग्मीले सोमबार प्रतिमन (४० किलो) ४४ हजार रुपैयाँका दरले ६ मन अलैंची किने । फक्ताङलुङ गाउँपालिका–५ तापेथोक हेल्लोकका शुकबहादुर लिम्बूबाट अलैंची किनेका उनले दुई लाख ६४ हजार रुपैयाँ बुझाए । कोइवा केरियर सेवाको ट्र्याक्टरमा ल्याएको अलैंची सदरमुकामकै गोदाममा खन्याए । उनै रेग्मीले गत वर्ष कात्तिक २८ मा फुङलिङ नगरपालिका–१० फुरुम्बुका च्याङ्वा तामाङसँग प्रतिमन २६ हजार रुपैयाँका दरले सात मन किनेका थिए । त्यो महिनाभर प्रतिमन २४ र २५ हजारले चलेको अलैंची २८ गते एक हजार रुपैयाँ बढेको थियो ।

Inside Article Ads
अहिले चलनचल्तीको अलैंची ४४ हजार, पुच्छर काटेको ४६ हजार ५ सय र ठूला दाना भएको ग्रेडिङ गरेको अलैंची प्रतिमन ४८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपालबाट भारत अलैंची निर्यात गर्ने झापा बिर्तामोडका व्यवसायी ओमकृष्ण विमली बताउँछन् । अघिल्लो वर्ष यही बेला बिर्तामोडमा अलैंचीको मूल्य प्रतिमन २५ हजार रुपैयाँ थियो । गत वर्षको तुलनामा अहिलेको मूल्य झन्डै दोब्बर पुगेको व्यवसायी बताउँछन् । यस वर्ष अलैंचीको उत्पादन ७० प्रतिशत हाराहारीमा मात्रै रहेको र भारतबाट माग पनि आइरहेकाले मूल्य बढेको बिमलीको भनाइ छ ।
पूर्वको ताप्लेजुङदेखि पश्चिमको दोलखासम्म उत्पादन हुने अधिकांश अलैंची बिर्तामोड आएर काँकरभिट्टा नाका हुँदै भारत निर्यात हुने गरेको छ । आफूले पूर्वमा ताप्लेजुङदेखि पश्चिमको लमजुङ, कास्की, गोरखा, बागलुङ र नुवाकोटसम्मको अलैंची किनेको ओलीको भनाइ छ । देशका ४३ जिल्लामा अलैंची उत्पादन हुन थालेको अलैंची ब्यवसायी महासंघको तथ्यांक छ । तर पुराना बगान भएका ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुमलगायत जिल्लामा उत्पादन घट्न थालेको छ ।          

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.