Fast Nepal News

३ करोड ४० लाखको धानबाली क्षति

banner single news

पाल्पा — २६ कात्तिक २०७८

पाल्पा , पाल्पामा कात्तिक महिनाको पहिलो साता परेको बेमौसमी वर्षाका कारण ३ करोड ४० लाख रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समिति बैठकले क्षतिको तथ्यांक सार्वजनिक गर्दै ६ हजार ८ सय ८२ रोपनी क्षेत्रफलमा लगाइएको बालीमध्ये उक्त रकम बराबरको क्षति पुगेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । कृषि ज्ञान केन्द्रका अनुसार १ हजार २ सय ७६ जना किसानले क्षति बेहोरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार १३ हजार ९ सय २१ क्विन्टल धान नोक्सानी भएको छ । सबैभन्दा धेरै तिनाउ गाउँपालिकामा ४ सय १५ जना किसानको २ हजार ४ सय ७७ रोपनी क्षेत्रफलको धान नोक्सान भएको छ । समितिले किसानको क्षतिको विवरण गृह मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयमा पठाएको छ । जिल्लामा ८ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा धान खेती लगाउँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । किसानका अनुसार कतिपय स्थानमा काटिसकिएको धान बगाएको थियो ।    

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.