Fast Nepal News
Banner Below header

राष्ट्रपतिबाट बजेट प्रमाणीकरण भएपछि, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

विनियोजन विधेयक अब ऐन बनेको छ । यो आजै राजपत्रमा प्रकाशित हुने छ । त्यसपछि बजेट कार्यान्वयन शुरु हुनेछ

banner single news

काठमाडौं । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएपछि सरकारलाई खर्च गर्न बाटो खुलेको हाे ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि बिहीबार प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो ।बजेट पारित नहुँदा सरकारले ९ दिन खर्च गर्न पाएको थिएन ।अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यका अनुसार विनियोजन विधेयक अब ऐन बनेको छ । यो आजै राजपत्रमा प्रकाशित हुने छ । त्यसपछि बजेट कार्यान्वयन शुरु हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत वजेट संशोधन गरेका थिए । उनले आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए ।

Inside Article Ads

नयाँ बजेटमा चालुतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड र पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड विनियोजन गरिएको छ । यस वर्ष वित्तीय व्यवस्थामा १ खर्ब ८९ अर्ब ४४ करोड र वित्तीय हस्तान्तरणमा भने ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ ।

३१ भदौयताको खर्चले वैधानिकता पाउने

सरकारले विनियोजन विधेयकमा बजेट ३१ भदौबाटै लागु हुने गरी भूतप्रभावी व्यवस्था राखिएको छ । विनियोजन विधेयक कार्यान्वयन हुने मिति सच्याएको थियो । यस व्यवस्था अनुसार अब ३१ भदौयता गरिएको सबै प्रकारको खर्चले समेत कानुनी मान्यता पाएको छ ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.