Fast Nepal News

उपभोक्तालाई डेढ महीनाभित्र निःशुल्क बिजुली : मन्त्री भुसाल

२० युनिटसम्म खपत गर्ने उपभोक्तालाई निःशुल्क िदइने

banner single news

भदौ, काठमाडौं । गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले निर्णय गराएको र यसलाई डेढ महिनाभित्र कार्यान्वयनमा ल्याउने बताइन् । २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई डेढ महीनाभित्र निःशुल्क विद्युत उपलब्ध गराउने उनले बताएकी हुन् ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री भुसालले त्यसका लागि विद्युत प्राधिकरणसँग आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको र विद्युत नियमन आयोगले निर्णय गरेपछि कार्यान्वयनमा आउने जानकारी दिइन् ।‘२० युनिटसम्म विद्युत बाल्ने कति छन् ? भनेर मैले सम्बन्धित निकायसँग रेकर्ड मागे । त्यो अहिले विद्युत प्राधिकरणमा २३ लाख र अन्य निजी क्षेत्रमा साढे ५ लाख घर परिवार रहेछन् । उनीहरुलाई २० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउन मैले नेपाल विद्युत प्राधिकरणको सामाजिक उत्तरदायित्व फण्डबाट व्यवस्थापन हुने गरी निर्णय गराएको छु,’ उनले भनिन्, ‘प्रतिघर परिवारको सरदर ५ जना सदस्यको दरले करीब १ करोड ४० लाख जनसंख्यालाई २० प्रतिशत युनिट विद्युत निःशुल्क उपलब्ध गराउने निर्णय गराएको छु ।’

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.