
गजल( पार्वती घिमिरे)
ऑखाभरि प्रित थियो मनभरि रहर थियो
दुई दिनमै हराईजाने यो कस्तो जहर थियो
कहाँ जान्छ कस्तो मोड लिन्छ यो जिन्दगीले
थाहा पाउनै गाह्रो यो कस्तो अनौठो लहर थियो
हिर्दयभरि चाहना थिए मनमा गडेको थियो माया
दुई दिनमै पराई भइदीने यो कस्तो कहर थियो
सयौ चोट लुकाएर पनि हास्न चाहने म यात्री
क्षणमा चिनिहाल्ने यो तिम्रो कस्तो ठहर थियो
छुट्याउनै गाह्रो को कस्तो विडम्बना नै विडम्बना
एकले अर्काको मनपेट नपाउने यो कस्तो सहर थियो !!