Fast Nepal News

विराट महायज्ञको पाँचौं दिन, विजयकृष्ण मूर्तिले दिए एकलाख भन्दा बढी दान ।

banner single news

डायमण्ड जोशी ।
भाद्र २९, काठमाडौं ।

ऐतिहासिक श्रीमद्भागवत महापुराण विराट् महायज्ञको भदौ २९ गते शनिबार पञ्चम दिन सम्पन्न भएको छ ।
आजको सत्र भारतबाट आएका सन्त गंगादासजीको प्रेरणादायी वैज्ञानिक प्रवचनबाट आरम्भ भएको थियो । ख्याति प्राप्त प्रेरक वक्ताहरुद्वारा विशेष व्याख्यान समेत भयो । आज प्रमुख अतिथिका रुपमा बालयोगेश्वर विजयश्री कृष्णमूर्तिको आगमन भएको थियो। महायज्ञमा आजका सभा नायकका रुपमा संस्थाका उपाध्यक्ष सत्यवती अर्याल भएको महायज्ञ मूल समारोह समितिले बताएको छ ।

शनिबार पनि विभिन्न दानदाताहरू आश्रमका लागि तथा आश्रमबाट सञ्चालित एक करोड गीता दान महाअभियानमा स्वस्फूर्त रूपले सहभागी भए । आज दान स्वरुप बालयोगेश्वर विजय कृष्णमूर्तिले एकलाख एघार हजार एकसय एघार रकम र दुई हजार प्रति गीता प्रकाशनका निमित्तसमेत रकम प्राप्त भएको उद्धवकुमार घिमिरेले बताए ।

वैदिक सनातन धर्मको रक्षार्थ सप्ताहव्यापी रूपमा सञ्चालन भइरहेको विराट यज्ञले विराट गुरुकुल एवं शास्त्र अध्ययन अनुसन्धान केन्द्र स्थापनाको लक्ष राखिरहेको छ । विश्व विराट आश्रमले कलङ्कीको गोरक्षपीठ वासुकीचौरमा सञ्चालन गरिरहेको महायज्ञले एक करोड गीतादान महाअभियानको मूलमन्त्र बनाएको छ ।
महायज्ञ हुनुभन्दा एक वर्ष अगाडिदेखि नै उक्त समितिले दस लाखभन्दा धेरै गीतादान गरिसकेको पं.वेदप्रसाद पन्थले बताएका छन् । पं.पन्थ विद्वान लेखक एवं धार्मिक पुस्तकका सम्पादक हुन् । उनले नेपालको प्रतिष्ठित पुस्तक प्रकाशन उषा पुस्तक गृहबाट १८ पुराण एवं महाभारत, रामायण प्रकाशन गरिसकेका छन् भने अध्यात्म रामायण र वेद प्रकाशनको क्रममा रहेको उनले बताए ।

शनिबारको कार्यक्रममा भक्तहरूको पूर्ण सहयोग तथा सहभागितामा पण्डित केदारनाथ देवकोटाको मुखारविन्दबाट प्रवचन भएको थियो ।

Inside Article Ads

एक करोड गीता दान महाअभियानका लागि निकै चासोका साथ विभिन्न क्षेत्रका व्यक्तिहरूले रूचिपूर्वक सहभागी जनाएको देखिएको थियो ।

भागवत्का बीचमा सीतापाईला मा. वि.का विद्यार्थीहरुबाट विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत भएको शालिकराम उपाध्याय घिमिरेले बताए । साथै अरनिको मा. वि, दघिकोट, भक्तपुरका कक्षा १० का विद्यार्थीहरुबाट नृत्य तथा भजनसमेत प्रस्तुत भएको थियो । यस्तै विद्यार्थीहरुबाट आश्रमका लागि तयार गरिएको भजनरुपी गानमा विशेष नृत्य देखाइएको थियो । महायज्ञ कार्यक्रममा देश तथा विदेशबाट साधु, सन्तहरूको उल्लेखनीय उपस्थिति जारी रहेको बताइएको छ । राष्ट्रियस्तरका व्यक्तित्व लगायत विभिन्न क्षेत्रका कलाकारहरू पनि यज्ञमा सहभागी भएका थिए । यो शोभामय महायज्ञ आउँदो भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.