
२२ कात्तिक, काठमाडौँ-फूल, रङ र बत्तीहरू र झिलिमिलीको चाड मानिने तिहार नजिँकिदै गर्दा काठमाडौंको असन इन्द्रचोक,न्युरोड लगायतका पुरानो बजार क्षेत्रमा ह्वात्तै चहलपहल बढ्न थालेको छ। तिहारलाई लक्षित गरेर बजारमा विभिन्न किसिमका बत्तीहरू तिहारको भाइ मसलालगायत सामग्री तथा टीका फूलमालाहरू व्यापारीहरुले बिक्री गर्न सुरू गरेका छन्। बजारमा चहलपहल बढेपनि व्यापारी वर्गहरु भने सोच अनुकूल व्यापार नहुँदा निरास भएका छन्।
बजारमा विगतका समयहरुमा जसरी बजारमा गाह्रकहरुले चाडपर्व लक्षित उपभोग्य सामग्री खरिद नगर्दा आम ब्यापारीहरु मारमा परेको समेत असन क्षेत्रका स्थानीय व्यापारीले बताएका छन्।
व्यापारीहरुसँगै अहिले उपभोग्य सामग्री खरिद गर्न बजार आएका ग्राहकहरु पनि बजार मा विभिन्न सामग्रीहरूको मूल्य आकासिदैँ जाँदा निरास भएका छन्। बजारमा तिहार लक्षित साम्रगीहरुको मूल्य बढ्ने हुँदा विगतका वर्षहरूको तुलनामा यसवर्ष बजारमा आम मानिसहरु किनमेलका लागि नआएको किनमेलका लागि बजार पुगेका आम सर्वसाधारणको भनाई रहिआएको छ।