Fast Nepal News

लक्ष्मीपूजा, म्हपूजा र भाईटिका लक्षित गरेर पोखरामा स्वन्ति नखः महोत्सव सम्पन्न

banner single news

१९ कात्तिक,पोखरा-नेवा मिसा पुचः कास्कीको आयोजनामा पोखरामा चौथौ स्वन्ति नखः महोत्सव आयोजना
भएको छ । महोत्सवलाई पोखरा महानगरपालिका वडा नं.९ ले प्रायोजन गरेको छ ।महोत्सवको सहआयोजक महेन्द्रपुल नेवा मिसा पुचः, नयाँबजार नेवा मिसा पुचः,न्यूरोड नेवा मिसा पुचः, पृथ्वीचोक नेवा मिसा पुचः र चिप्लेढुब्गा नेवा मिसा पुच रहेका छन् ।

तिहारको समयमा नेवार समुदायले मनाउने तीन पर्वहरु लक्ष्मीपुजा, म्हपुजा र (किजापुजा)
अर्थात भाईटिकालाई नेपाल भाषामा स्वन्ति नखः भनिन्छ । नेपाल भाषामा प्रयोग
हुने ।।।स्व’ को नेपाली अर्थ ।।।तीन’ हुन्छ । नेवारहरुले लक्ष्मीपूजा, म्हपूजा र
भाईटिका विशेष रुपमा मनाउने भएकाले यसलाई नेवारीमा स्वन्ति नखः भन्ने गरिएको
हो ।

महोत्सवमा तमु धिँ नेपालकी संस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक कर्मा गुरुबले नेवा
मिसा पुचः कास्की र तमु धि नेपाल कास्की विगतदेखि नै भगिनी सम्बन्ध रहेको र एक
अर्काको चाडपर्व र सभा समारोहमा सहभागीता जनाउँदै आएको बताईन । यस्ता
मेलामहोत्सवमा एक जातीय समुदायले अर्को जातीय समुदायको सम्मान गर्नाले नै
राष्ट्रियता बलियो हुने उनले बताईन ।

महोत्सवमा नेवारहरुको प्रमुख पर्वमध्ये म्हपूजाको डेमो समेत देखाईएको थियो ।
जसमा विभिन्न मिसा पुचःका महिलाहरुले पोखरा महानगरपालिका वडा नं. १ का वडाध्यक्ष
सहारा प्रधान, वडा नं.२ का वडाध्यक्ष दिवसमान प्रधानाब्ग, वडा नं. ४ का वडाध्यक्ष
देवकृष्ण पराजुली, वडा नं. ११ का वडाध्यक्ष प्रेम प्रसाद कर्माचार्य, तमु धिं नेपालकी
संस्थापक अध्यक्ष तथा संरक्षक कर्मा गुरुबलाई भाईटिका र म्हपूजा गरिएको थियो ।

Inside Article Ads

पोखरा ९ महेन्द्रपुलमा भएको स्वन्ति नखः महोत्सवमा तिहारमा तिन दिनका लागि चाहिने
विभिन्न सामाग्रीहरु स्टलका रुपमा राखिएको छ । ती समाग्रीहरु कास्कीकै विभिन्न नेवारी
समुदायका मानिसहरु र विशेषगरि महिलाहरुले उत्पादन गरिएका सामग्रीहरु राखिएको छ ।

महिला उद्यमशिलताको साथमा नेवा संस्कृति जगेर्ना गर्नका लागि महोत्सव आयोजना
गरिएको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताएका छन । उनले नेवा खलः
कास्कीले विगतका वर्षहरुदेखि नै संस्कृति जगेर्नाका लागि विभिन्न प्रकारका कार्यक्रमहरु
गर्दै आईरहेको जानकारी दिए । कार्यक्रममा नेवा मिसा पुच कास्कीका अध्यक्ष सगिंता

बज्र्राृचार्यले नेवारी समुदायमा हुने कार्यहरु आगामी दिनमा पनि प्रर्बधन गर्दै जाने उल्लेख गरेकी थिइन ।

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.