
प्रसङ्गबस् :
राष्ट्रनिर्माण राष्ट्र रहेसम्म निरन्तर चलिरहने प्रकिया हो। राष्ट्रिय हितको संरक्षण र राष्ट्रनिर्माणलाई केन्द्रीय तत्वको रुपमा स्वीकार गर्ने शक्ति भएन भने राष्ट्र कमजोर हुँदै जान्छ।जुन कुरा अहिले हामी नेपालीले प्रत्यक्ष भोग्नु परिरहेको छ। तर भोगेर पनि नजान्नु अर्कै कुरा हो। मान्छेले होस् वा राष्ट्रले भोगेपछि जान्नु पर्छ।अन्यथा निक्कै दुख खेप्नु पर्ने दिन आउन सक्छ।पक्कै पनि नेपाली जनता त्यो दिनको पर्खाइमा नहुनु पर्ने हो।बेलैमा होस खुलेन भने एउटा सबल राष्ट्रले शक्ति राष्ट्रको राजनीती र कुटनीतीको क्रिडास्थल बनेर कसरी अनगिन्ती दुखकष्ट खेप्दै नपुंसक बन्नु पर्छ भन्ने उदारहण ईतिहासमा जतिपनि पाइन्छ।केही महसुस त हामीलाई पनि भैसकेको हुनुपर्ने हो। यसैपनि दुर्भाग्य र दुर्घटना भन्ने कुरा आफैले भोगेर जान्नु पर्ने विषय होइन।
कुनै समयको सबल छिमेकी देश बर्मामा राजाकै सहयोगीहरुले राजाको सत्ता कमजोर पारेपछि बेलायतको चलखेल बढेको र कालान्तरमा सीमान्त क्षेत्रबाट चीनले पनि हात हाल्न थालेपछि बर्मेली जनताको दुर्दिन शुरु भएको थियो। ऎतिहासिक भुलको त्यो यथार्थ घटनाको सुन्दर विश्लेषण ईतिहासमा सुरक्षित छ। यस्ता ऎतिहासिक भुल र त्यसबाट उत्पन्न हुनसक्ने विकराल परिस्थितीले निम्त्याउन सक्ने अकल्पनीय क्षतिबाट (देश नै विघटन हुन सक्ने सम्मको) नेपाली जनताले उचित पाठ सिक्नुपर्ने बेला घर्किन लागिसकेको छ।
दोहोर्याए….जोडतोडले कराएर भन्नु पर्ने भएको छ ; ए स्वार्थन्धो निकम्मा नेताहरु हो! ए हुतिहारा दास कार्यकर्ताहरु हो!! ए स्वदेशी `गोरस´ खाएर विदेशी `कोरस´ गाउने नाथे बुद्धिजीवीहरु हो!!! ए लाछी भेडाबाख्रा जनता हो… !!!! आंखा,कान, होश सबै खोलेर सुन्… राष्ट्र निर्माण राष्ट्र रहेसम्म निरन्तर चलिरहने, कहिल्यै नरोकिने प्रकृया हो।हरेक पुस्ताले/प्रत्येक नेपाली जनताले आ-आफ्नो ठाउँबाट आ-आफ्नो सामर्थ्य र क्षमता अनुसार राष्ट्र निर्माणमा योगदान दिनेबारे सचेत भुमिका खेल्नुपर्छ।
अन्तमा: थाहा पाई राखौं !
जयस्थिति मल्ल र राम शाह जस्ता राजाले नेपोलियन र बोलिभरभन्दा(बोलिभियाका संस्थापक) धेरै अघि राज्य संचालनका आधार एवं स्थिति(कानुन) बनाएका थिए।अमेरिका स्वाधीन हुनुभन्दा आठ वर्ष पहिले नै तुलनात्मकरुपले सानो-पछौटे, भुरेटाकुरे राज्य गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको पुनः एकीकरण गरेर तत्कालीन विश्वको सर्वाधिक शक्तिशाली बृटिस शासकलाई आश्चर्यचकित बनाएका थिए।एक हजार आठसय अंग्रेज़ सैनिकलाई सिन्धुलीको लडाइँमा गोर्खाली सेनाले एउटै चिहान बनाएका थिए।स्वाधीन नेपालमा विदेशीले हमला नगरेका होइनन्, तर हाम्रा वीर पुर्खाहरुको देशप्रेमले ओतप्रोत असली नायकत्वले उनीहरुलाई परास्त गरे।दुर्भाग्यवश, नेपाली राष्ट्रियताको इतिहासलाई नै अवमूल्यन, उपेक्षा र अपहेलना गर्ने `घरभित्रका दुस्मनहरु´(को? को ? किन/कसरी हुन् भन्ने कतिलाई थाहा नहुनसक्छ, थाहा हुँदा धेरै ढिलो हुन सक्छ!) नै २०४६ सालको अन आन्दोलन यता (केहीलाई अपवाद मान्ने होभने) निरन्तर सत्ताको केन्द्रमा रहेका छन्। यसरी क्रमश: र निरन्तर हुदै बितेका केही वर्षयता राष्ट्र पुरै शिथिल बनेर असफल राज्यको रुपमा विघटनको संघारमा उभिएको छ।तरपनि, अन्ततोगत्वा नेपाली जनताले राष्ट्र के हो बुझ्नेछन् , सबैकुरा छोडेर राष्ट्रलाई शिरमा बोकि उठ्नेछन् , अनि अवश्य आउनेछ, त्यो सुनौलो गर्विलो दिन अवश्य आउनेछ…वास्तवमा त्यो दिन नै राष्ट्र र जनताको विजयको दिन हुनेछ !
