Fast Nepal News

महामारीको समयमा ३२ प्रतिशतले बढ्यो चीनको निकासी, एक महिनामै २६३ डलरको निर्यात

banner single news

काठमाडौं, वैशाख २५

काठमाडौं, विश्वभर कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलँदा चीनको वैदेशिक व्यापार उछालिएको छ । चालू वर्ष २०२१ को अप्रिल महिनामा चीनको निर्यात ३२.३ प्रतिशतले बढेको हो ।

महामारी फैलिएको समयमा विश्वमा उपभोग्य सामानको माग बढेपछि निर्यात बढेको चीनको सरकारी निकायले बताएको छ । अप्रिल महिनामा मात्रै चीनबाट २६३.९ अर्ब अमेरिकी डलरको निर्यात भएको छ ।

Inside Article Ads

यद्यपी, चालू वर्षको फेब्रुअरी र मार्चमा चीनको निर्यात ६० प्रतिशतले बढेको थियो । त्यसको तुलनामा कम भएपनि चीनको समग्र निर्यात बढेको देखिन्छ ।

यसैगरी, अप्रिलमा चीनको आयात ४३.१ प्रतिशतले बढेर २२१.१ अर्ब डलर पुगेको छ । जुन, एक महिना पहिलोको आयातको तुलनामा ३८ प्रतिशतभन्दा बढी हो ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.