Fast Nepal News

कोरोना नियन्त्रण गर्न कोकाकोलाले २ करोड ४० लाख खर्च गर्ने

banner single news

काठमाडौं, बैशाख  २१

काठमाडौं, कोकाकोला नेपालले कोभिड-१९ को बढ्दो जोखिमलाई रोक्न स्वास्थ्य सामाग्री सहयोग गर्ने बताएको छ । कम्पनीले आवश्यक पर्ने खोप सुविधा, स्वास्थ्य सुरक्षा सामाग्री र जनचेता फैलाउन सहयोग गर्ने भएको हो ।

यसका लागि कोकाकोलाले दुई करोड ४० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । स्वास्थ्य सुरक्षा सामग्रीहरु पीपीइ, मास्क, पञ्जा, स्यानिटाइजरहरु आदि प्रदान गर्ने जनाएको छ ।

Inside Article Ads

साथै, खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्द्धन गर्न देशैभरी जागरुकता फैलाउने कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । कोभिड-१९ को महामारी रोकथामका लागि विश्वव्यापी रुपमा एक विशेष ‘स्टप द स्प्रेड’ कोष खडा गरेको छ । यही कोषमार्फन नेपालमा पनि सहयोग गर्न लागेको कम्पनीले बताएको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.