Fast Nepal News

कोरोनाबाट मृत्यू हुनेको संख्या ३२ लाख पुग्न लाग्यो, २४ घन्टामै करिब १५ हजार थपिए

banner single news

काठमाडौं, वैशाख १७

काठमाडौं,  कोभिड–१९ संक्रमणका कारण पछिल्लो २४ घन्टामा विश्वमा १४ हजार ६ सय जनाको मृत्यू भएको छ । कोरोना भाइरसको संक्रमण सम्बन्धि तथ्यांक राख्ने वल्डोमिटरका अनुसार उक्त संख्याको मृत्यू भएको हो ।

जसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार ५०१ र ब्राजिलमा ३ हजार ७४ जनाको मृत्यू भएको छ । यसपछि अमेरिकामा पछिल्लो २४ घन्टामा ८४९ र अर्जेन्टिनामा ५६१ जनाको मृत्यू भएको बताइएको छ ।

हालसम्म विश्वमा १५ करोड ११ लाख १७ हजार मानिस कोरोना भाइरसको महामारीबाट संक्रमित बनिसकेका छन् । जसबाट ३१ लाख ७९ हजार जनाको मृत्यू भएको तथ्यांक छ ।

Inside Article Ads

यसैगरी, कुल संक्रमितमध्यबाट १२ करोड ८५ लाख १० हजार जना पूर्ण निको भइसकेको वल्डोमिटले जानकारी दिएको छ । अहिलेसम्म विश्वमा सबैभन्दा बढी अमेरिकामा ३ करोड ३० लाखभन्दा बढी मानिस संक्रमित बनेका छन् ।

यसपछि भारतमा १ करोड ८७ लाख जना संक्रमित बनेका छन् ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.