Fast Nepal News

कोभिड वार्ड खचाखच, लकडाउन गर्न चिकित्सकको सुझाव

banner single news

काठमाडौं – बैशाख १०

काठमाडौं, काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन्।

कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शयया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा। विमल पाण्डेले बताए। पाटन अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि १ सय ९० वटा सामान्य र २१ वटा आइसियु शयया छुट्याइएको छ। ‘तीन दिनदेखि सबै शयया प्याक छन्, आएका बिरामीलाई मन्त्रालयमा फोन गरेर अन्यत्र रेफर गरेका छौं’ डा पाण्डेले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोभिडका बिरामी बढेपछि शयया भरिभराउ भएको जनाएको छ।

अस्पतालमा तीनरचार दिनदेखि नै आइसियु र अन्य शयया भरिभराउ भइसकेको अस्पतालका कोभिड उपचार संयोजक तथा प्रवक्ता डा। अनुप बाँस्तोलाले बताए। अक्सिजन चाहिने अवस्थाका बिरामीलाई प्राथमिकता दिएर उपचार गरेको र ज्वरोमात्र आएकालाई औषधि दिएर होम आइसोलेसनमा पठाउन थालेको उनले बताए। यो अस्पतालमा २० वटा आइसियुसहित ५४ वटा शयया कोभिड उपचारका लागि छुट्याइएको छ। बिरामीको चाप बढेपछि सामान्य लक्षण भएकालाई आयुर्वेद उपचार केन्द्र आइसोलेसन सेन्टरमा रेफर गरिएको उनले बताए।

Inside Article Ads

वीर अस्पतालले पनि कोभिडका बिरामीको उपचारका लागि छुट्याइएका शयया भरिन थालेको जनाएको छ। वीर अस्पतालमा १० वटा आइसियु र ६२ वटा शयया कोभिडका बिरामीको उपचारका लागि छुट्याइएको छ। सबै शयया भरिएपछि थप्ने तयारी भइरहेको अस्पतालका कोभिड १९ उपचार सम्पर्क चिकित्सक अच्युत कार्कीले बताए।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा पनि तीनरचार दिनदेखि कोभिड शयया भरिभराउ छन्। बिरामी भरिभराउ भएपछि स्वास्थ्य मन्त्रालयसँगै समन्वय गरेर अन्यत्र पठाइरहेको अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक सविन थपलियाले बताए। यो अस्पतालमा कोभिड उपचारका लागि ११ वटा आइसियुसहित ६० शययाको व्यवस्था गरिएको छ। बिरामी बढेपछि शयया थप्ने तयारी भइरहेको जानकारी थपलियाले दिए। संक्रमण तीव्र भएकाले बिरामीले सामान्य शययासमेत पाउन नसक्ने अवस्था आउन सक्ने चिकित्सकले बताएका छन्। नागरिक दैनिकबाट

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.