Fast Nepal News

फिजियो थेरापीको न्यूनतम शुल्क निर्धारण

banner single news

काठमाडौं – चैत ३०

काठमाडौं, नेपाल फिजियोथेरापी संघले फिजियो थेरापी सेवाको न्यूनतम पारिश्रमिक एवं शुल्क निर्धारण गरेकोे छ ।नेपालमा स्वास्थ्य सेवाको श्रम तथा शुल्क निर्धारणका क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यान नदिएको भन्दै संघले आफैंले मासिक तलब र सेवा शुल्क तोक्न बाध्य भएको बताएको छ ।

संघले विज्ञप्तिमा जारी गर्दै फिजियो थेरापिस्टहरूको न्यूनतम मासिक तलब निर्धारणसँगै फिजियोथेरापी सेवा प्रदायको आफ्नो योग्यता र अनुभव आधारमा मासिक तलब पाउने गरी शुल्क निर्धारण गरेको जानकारी दिएको छ ।

हालसम्म अस्पतालहरू आफैंले शुल्क निर्धारण गर्नुबाहेक सरकारले शुल्क निर्धारण गरिनदिएका कारण छुट्टै फिजियो थेरापी गराउँदै आएका निकायहरूले लिने शुल्कमा भिन्नता आएको उल्लेख गर्दै विज्ञप्तिमा एकै प्रकारको सेवा शुल्कमा एकरुपता दिनकै लागि शुल्क निर्धारण गरिएको उल्लेख छ ।

Inside Article Ads

तलब निर्धारण गर्दा दैनिक ७ घण्टाको कार्यालय समय रहने, बिरामीको उपचारमा लाग्ने समय र फिजियोथेरापस्टिको सक्रियताको आधारमा न्यूनतम सेवा शुल्क निर्धारण गर्ने र फिजियोथेरापिस्टहरूले विशेष सीप अथवा प्रविधिको प्रयोगबापत शुल्क लिन पाउने समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका फिजियोथेरापिस्टको अनुभवको आधारमा पाँच वर्ष अनुभव भएकाहरूका लागि १८ हजारदेखि २५ हजारसम्म मासिक तलब तोकिएको छ भने स्नातक तह उत्तीर्ण पाँच वर्षका अनुभवीलाई ३० देखि ४० हजार, स्नातकोत्तर तहका पाँच वर्षका अनुभवीलार्ई ४० देखि ५५ हजारसम्मको मासिक तलब निर्धारण गरिएको छ ।

त्यस्तै, परामर्श शुल्कको हकमा स्नातक तहसहित पाँच वर्ष अनुभव भएकाले ४ देखि ५ सय र स्नातकोत्तरसहित पाँच वर्ष अनुभव भएकाले ५ सयदेखि ६ सयसम्म शुल्क लिन पाउने निर्णय संघले गरेको छ ।छोटो समय फिजियो थेरापी गर्नेलाई न्यूनतम सेवा शुल्क ३ सय र लामो समयका लागि ५ सय निर्धारण गरिएको छ । त्यसै गरी, घरैमा पुगी सेवा दिनुपर्नेको हकमा १ हजार शुल्क तोकिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.