
लम्जुङ सम्वाददाता
लमजुङ । नेपालेडाँडा,तार्कुघाट,वाेराङखाेला सडक खण्डको काममा लमजुङ पुर्वाधार साखाकाे ददागिरी अझै वढेकाे र पिडितलाइ पुर्वाधार सखा प्रमुख सुमन गिरीले केहि गर्दैनाै भनि फाेनमा धम्काएका समेत छन् । उनकाे धम्किपुर्ण भाषाले गैरकानुनि रूपमा वनाइएकाे सडकले पुर्याएकाे हानी, नाेक्सानीकाे क्षेतिपुर्ती कस्ले दिने? िपडित प्रश्न गर्छन्, संवन्धित निकाएलाइ स्थानिय नगर प्रमुख, जिल्ला प्रसासन कार्यलयकाे समेत पत्राचार सहित ध्यान अाकर्षण गराउदा पनी पिडितलाइ थप पिडा दिदै अाएका छन् । उक्त काम गर्न ठेक्का पारेकाे लामा कन्ट्क्सन कम्पनी प्रा.लि ले सडक वनाई रहेकाे छ । सडक खन्दा जमिनको सतहभन्दा धेरै तल खारेकाे हुदा धेरै किसानका घडेरी भिरालाे बनाई बिगारे पछि उनिहरू आक्रोशित भएका हुन् । कतिपय किसानकाे खेत र घडेरीलाई बिगारेर उक्त जग्गामा ढल र पानीको निकास बनाउदा किसान मर्कामा परेकाे स्थानिय किसान बताउछन् ।पिडित मध्यका किसान हुन् राईनास नगरपालिका ५ का मातृकाप्रसाद खनाल ।



उनका अनुसार आफ्नाे जग्गा मध्येकाे कि.नं ७४० र ७६० मा सिंचाइ गर्दै आएको कुलाे मासिदिएकाे र कि.नं ६२६ मा ढल र भल हुल्नुका साथै माटाे पुर्ने नाममा फुटेका सिसा,वाेतल समेत फाल्न थालीएकाे छ साथै आन्तरिक कुला र गाैडाहरू समेत भत्काएर खेतबारी र घडेरीलाई खाेलामा परिणत गरिदिएको बताए । साथै नगर प्रमुख सिंह बहादुर थापाले समेत क्षती पुग्न गएकाे घडेरी र खेतलाई क्षती नपुग्ने गरि व्यवस्थापन गर्न भनी लामा कन्ट्रक्सन राईनास शाखालाई पत्राचार समेत गरेका थिए । यद्यपी उक्त पत्रकाे समेत कुनै वास्ता नगरि काम अगाडि वडाएकाेमा घाेर आपत्ति व्यक्त गर्दै अबको विकल्प पुर्वाधार सखा प्रमुख र जिल्ला सिडियाे ले कुनै भुमिका नखेले अदालतकाे ढाेका ढकढक्याउनु वाहेक अरू कुनै विकल्प आफुसँग नरहेकाे पिडित मातृकाप्रसाद खनालले बताए।
