Fast Nepal News

राइनास कांग्रेस नेतृत्वमा बलराम पराजुलीको दाबेदारी, भुइँमान्छेको मुद्दालाई प्राथमिकता दिने एजेन्डा

banner single news

लमजुङ । नेपाली कांग्रेस राइनास नगरपालिकाको आगामी नेतृत्वका लागि वडा नम्बर ४ का वडाध्यक्ष बलराम पराजुलीले दाबेदारी प्रस्तुत गरेका छन्।

नगर नेतृत्वमा पुगे नागरिकका दैनिक समस्या समाधानलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ। किसान, मजदुर, युवा, महिला तथा आर्थिक रूपमा कमजोर परिवारको जीवन सहज बनाउने विषयलाई उनले आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा राखेका छन्।

स्थानीय उत्पादनको बजार, कृषि र रोजगारी, सडक तथा खानेपानी, स्वास्थ्य–शिक्षामा पहुँच र युवालाई स्थानीयस्तरमै अवसर सिर्जना गर्ने विषयलाई पराजुलीले राइनासको विकाससँग जोडेर अघि सारेका छन्।

Inside Article Ads

त्यसैगरी स्थानीय स्रोत, कृषि, पर्यटन तथा सांस्कृतिक सम्भावनाको उपयोग गर्दै राइनासको आर्थिक गतिविधि बढाउनुपर्ने उनको धारणा छ।

पार्टीभित्र गुटभन्दा माथि उठेर संगठनलाई एकताबद्ध बनाउने र युवा पुस्तालाई नेतृत्वमा जोड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

पराजुलीको दाबेदारीसँगै राइनास कांग्रेसको आगामी नेतृत्वमा विकास, संगठन र नागरिकका दैनिक समस्यालाई कसरी प्राथमिकता दिइन्छ भन्ने विषय अहिले चर्चामा आएको छ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.