Fast Nepal News

लमजुङ कांग्रेसमा सुम्मा भट्टको नयाँ जिम्मेवारी, ७५ वडामध्ये एक्ली महिला वडा सभापति

banner single news

लमजुङ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लमजुङमा जारी वडा अधिवेशनबाट राइनास नगरपालिका–५ मा सुम्मा भट्ट निर्विरोध वडा सभापति निर्वाचित हुनुभएको छ।

लमजुङ जिल्लाका कुल ७५ वडामध्ये वडा सभापतिको जिम्मेवारीमा निर्विरोध निर्वाचित हुने उहाँ एक्ली महिला बन्नुभएको छ।

भट्टको नेतृत्वले स्थानीय तहमा महिलाको राजनीतिक सहभागिता र नेतृत्व विकासका लागि महत्वपूर्ण सन्देश दिएको छ। वडा सभापतिको जिम्मेवारीसँगै वडाका नागरिकका समस्या पहिचान गर्ने, विकासका आवश्यकता सम्बन्धित निकायसम्म पुर्‍याउने तथा समाधानका लागि समन्वय र पहल गर्ने अपेक्षा गरिएको छ।

Inside Article Ads

स्थानीय सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलगायत वडाका प्राथमिक समस्या पहिचान गरी स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गर्दै नागरिकको आवाजलाई प्रभावकारी रूपमा उठाउनु उहाँको आगामी नेतृत्वको मुख्य जिम्मेवारी बन्नेछ।

सुम्मा भट्टको निर्विरोध चयनले महिला नेतृत्वलाई अवसर मात्र होइन, स्थानीय विकास र नागरिकका समस्या समाधानमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने अवसरका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता पनि देखाएको छ।

Visited 9 times, 9 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.