Fast Nepal News

सिंहदरबार प्रबलीकरणः प्रधानमन्त्री कार्यालय सर्ने तयारी

banner single news

काठमाडौं – माघ ८

काठमाडौ, भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मोहडा (उत्तरी, पूर्वी र दक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएको छ । यो पहिलो चरणको प्रबलीकरण हो । प्रबलीकरण सम्पन्न भएको सो भवनमा यसै महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने भएको छ ।
पश्चिमी मोहडाको प्रबलीकरण तीव्र गतिमा भइरहेको छ ।

सिंहदरबारस्थित ११७ वर्ष पुरानो मुख्य भवनको प्रबलीकरण पूर्वी र पश्चिमी मोहडा गरी दुई भागमा भइरहेको छ । वि।सं। १९६० मा सिंहदरबार निर्माण गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का प्रमुख श्यामकिशोर सिंहले सिंहदरबारको मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन)को पहिलो चरणको प्रबलीकरण सम्पन्न भएको जानकारी दिए ।

Inside Article Ads

अहिले दोस्रो चरणमा सूचना प्रविधिसँग सम्बन्धित काम, मेटेनिकल, इलेक्ट्रोनिक र प्लम्बिङ (एमईपी)को काम, आधुनिक फर्निचर, इन्टेरियर डेकोरेसन, सुरक्षासँग सम्बन्धित उपकरण, फायर फाइटिङ जडान, बगैँचा निर्माणलगायतका कार्य अन्तिम चरणमा पुगेको बताउँदै उहाँले यसै महिनाभित्र प्रबलीकरणसम्बन्धी सम्पूर्ण काम सम्पन्न हुने जानकारी दिए।

माघ २० भित्रै सम्पूर्ण काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन भइसकेको उनको भनाई छ । भवनको बाहिरी रङरोगन भइसकेको छ भने आँगनमा घाँस लगाउनुका साथै सौन्दर्यको काम भइरहेको छ । भवनको डिजाइन, आर्किटेक्चर, मौलिक स्वरूपमा केही पनि परिवर्तन नगरी पुरानै किसिमले चुना र सुर्की (आरसीसी) प्रविधिमा आधारित भएर प्रबलीकरण भइरहेको आयोजना प्रमुख सिंहले बताए। प्रबलीकरण भइरहेका भवनहरू भूकम्प प्रतिरोधी हुनेछन् । गोरखापत्र दैनिकबाट

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.