Fast Nepal News

सुनसरी घटनाले धार्मिक स्वतन्त्रतामाथि प्रहार : निष्पक्ष छानबिनको माग

banner single news

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद भरत गिरीले सुनसरीमा बोलबम तीर्थयात्रीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै घटनाको उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नै देशमा धर्म र संस्कृति पालना गर्ने नागरिकको मौलिक अधिकारमाथि आक्रमण भएको बताए। साउन १० गते सप्तकोशीबाट पवित्र जल लिएर बोलबम यात्रा गरिरहेका श्रद्धालुमाथि भएको आक्रमणले धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो ।

Inside Article Ads

सांसद गिरीले नेपालमा सदियौँदेखि कायम रहेको धार्मिक सहिष्णुता र सामाजिक भाइचाराको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै यस्ता घटनाले समाजमा नकारात्मक सन्देश जाने बताए। साथै, सरकारले संवेदनशील घटनामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले सरकारसँग सुनसरी घटनाको *निष्पक्ष, पारदर्शी र सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय वा सर्वदलीय छानबिन आयोग गठन*, दोषीमाथि कानुनी कारबाही, मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग गरेका छन् ।

Visited 10 times, 10 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.