Fast Nepal News

५ दिनदेखि सम्पर्कविहीन पुरुष लमजुङको जंगलमा मृत फेला

banner single news

सुमित्रा भुजेल -लमजुङमा पाँच दिनदेखि परिवारको सम्पर्कमा नरहेका एक पुरुष जंगलमा मृत अवस्थामा फेला परेका छन्।

बेसीशहर नगरपालिका–२ स्थायी घर भई हाल बेसीशहर नगरपालिका–८ मा बसोबास गर्दै आएका ५७ वर्षीय बुद्धिबहादुर बोहोराको शव बिहीबार बेसीशहर–१ स्थित पेन्टिङडाँडामाथिको जंगलमा भेटिएको हो।

गत आइतबारदेखि सम्पर्कविहीन रहेका बोहोराको खोजीमा परिवार र आफन्त जुटिरहेका थिए। खोजतलासकै क्रममा उनका छोरा प्रविन बोहोरा तथा साथीहरूले जंगलमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Inside Article Ads

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतकको टाउको र अनुहारमा चोटपटक देखिएको छ। घटनाको प्रकृति शंकास्पद देखिएकाले हत्या भएको हुन सक्ने आशंकासहित विभिन्न पक्षबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाउने तयारी गरिएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

Visited 103 times, 10 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.