Fast Nepal News

कमल प्रसाद पन्त “शशि” रास्वपा काठमाडौं महानगरको सभापतिमा निर्वाचित

रास्वपाले हिजो सम्पन्न गरेको काठमाडौं महानगर समितिको अधिवेशनबाट पन्त २५६ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। सभापति पदका लागि तीन जनाको प्रतिस्पर्धा भएको थियो।

banner single news

काठमाडौं । कमल प्रसाद पन्त ‘शशि’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं महानगरपालिकाको सभापतिमा निर्वाचित भएका छन्।।


निर्वाचन परिणामअनुसार उनका निकटतम प्रतिस्पर्धी गणपति लाल श्रेष्ठले १७९ मत प्राप्त गरे। सम्पदा संरक्षण क्षेत्रमा सक्रिय श्रेष्ठ हालै रास्वपामा प्रवेश गरी महानगर सभापतिमा उम्मेदवारी दिएका थिए।

Inside Article Ads

पन्त २०७९ सालदेखि काठमाडौं महानगर कमिटीको संयोजकको जिम्मेवारी सम्हाल्दै आएका थिए। अधिवेशनमा कुल ५२७ प्रतिनिधि सहभागी रहेको निर्वाचन समितिले जनाएको छ।

नवनिर्वाचित सभापति पन्तले संगठनलाई थप सशक्त बनाउँदै काठमाडौं महानगरमा पार्टीको आधार विस्तार र जनसरोकारका मुद्दामा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.