Fast Nepal News

ईश्वरी बरालको नयाँ गीत दही दिन्छु मोही दिन्छु सार्वजनिक

उनका यसअघिका नरिसाउन होइ, खानदानी छोरी, माया छकि छैन, नैना रेसम लगायत गीत चर्चामा छन्।

banner single news

काठमाडौ ।
गायिका ईश्वरी बरालको नयाँ गीत दही दिन्छु मोही दिन्छु सार्वजनिक भएको छ। ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित गीत ईश्वरी बराल युटुव च्यानलमार्फत सार्वजनिक भएको हो। गीतमा लोकप्रिय सर्जक दिपक शर्माको शव्द र संगीत रहेको छ। अनामनगरिस्थित ओएभ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज सविन सुवेदीले गरेका हुन् भने मिक्सीङ, मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ।
म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन्।
भिडियोमा सुरेस कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र बरालले नृत्य तथा अभिनय गरेका छन्। भिडियोमा कोरियोग्राफी पनि भट्टले नै गरेका हुन् भने सकायक कोरियोग्राफर नविन पौडेल रहेका छन्।
लोक पप, आधुनिक र र्याप गीत गाउदै आएकी बरालको लोक लयमा आधारित यो पहिलो गीत हो।
उनका यसअघिका नरिसाउन होइ, खानदानी छोरी, माया छकि छैन, नैना रेसम लगायत गीत चर्चामा छन्।

Inside Article Ads
Visited 21 times, 21 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.