Fast Nepal News

तनहुँका विद्यालयमा स्मार्ट बोर्ड जडानमा ईन्न्जिनियर श्रीरामको सक्रियताको प्रशंसा

banner single news

 

तनहुँ । तनहुँका ग्रामीण भेगका विद्यालयमा स्मार्ट बोर्ड जडान गर्दै आएका इन्जिनियर श्रीराम न्यौपानेको प्रयास शिक्षक तथा विद्यार्थीले प्रशंसा गरेका छन । ऊर्जा तथा जलस्रोत विज्ञका रूपमा परिचित न्यौपानेले कक्षा १० का विद्यार्थीको शैक्षिक उन्नति लक्षित गरी विभिन्न विद्यालयमा स्मार्ट बोर्ड र शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।

ईन्जिनियर न्यौपानेको पहलमा छ वटा विद्यालयमा स्मार्ट बोर्ड स्थापना गरिएको छ। स्मार्ट बोर्डसँगै काठमाडौँका प्रतिष्ठित विद्यालय एलआरआई र बृहस्पति सदनका कक्षाकोठामा सञ्चालन हुने पढाइ ग्रामीण विद्यार्थीले प्रत्यक्ष हेर्न मिल्ने सुविधा पनि उपलब्ध गराइएको छ।
ईन्जिनियर न्यौपानेले आगामी दिनमा अन्य विद्यालयमा पनि प्रविधि विस्तार गर्ने तथा जडान भएका कक्षाकोठामा आवश्यकताका आधारमा सिसीटिभी क्यामेरा राख्न सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
स्मार्ट बोर्ड प्राप्त गर्ने विद्यालयमा व्यास–६ को जनजुक्त शाही मा.वि., शुक्लागण्डकी–४ को पञ्चमुनी देव मा.वि., भिमाद १ को श्री सिद्धार्थ मा.वि., ऋषिगं ८ को श्री शिव सरस्वती मा.वि., घिरिङस्थित श्री सरस्वती मा.वि. र म्याग्दे–४ को मिन मा.वि. रहेका छन्।

Inside Article Ads

शिक्षक तथा विद्यार्थीहरूले प्रविधियुक्त कक्षाकोठाले ग्रामीण क्षेत्रमा शिक्षा अझ सहज र प्रभावकारी बनेको प्रतिक्रिया दिएका छन्।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.