Fast Nepal News

एमसीसी परियोजना अन्र्तगत दुई प्रसारण लाइन निर्माण गर्न ठेक्का सम्झौता

banner single news

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल परियोजना अन्र्तगत १५.४४ करोड अमेरीकी डलर बराबरको दुईओटा प्रसारण लाइन खण्डको ठेक्का सम्झौता भएको छ ।
विहीबार काठमाडौंमा एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । रातमाटे–नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा–सलार संयुक्त उपक्रमसँग सम्झौता भएको छ ।
एमसिए नेपालले प्रतिस्पर्धात्मक अन्र्तराष्ट्रिय बोलपत्र प्रक्रियाबाट यो सम्झौता गरेको छ । यस सम्झौतासँगै नेपालमा एमसीसी परियोजना पुनः सक्रिय भएको हो ।
नेपाल विद्युत प्राधिकरण, अर्थमन्त्रालय, एमसीसीका कार्यबाहक उपाध्यक्षसहित एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधीहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यसका लागि संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेका यी सम्झौता अन्र्तगत १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनहरुको डिजाइन, स्थापना, परिक्षण र सञ्चालन लगायतका काम गरिने छ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै एमसीसीका कार्यबाहक उपाध्यक्ष जोन विङ्गले यस सम्झौतामार्फत एमसीसीले पारस्पारिक प्राथमिकता र नेपालको विकास लक्ष्यहरुमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुनः पुष्टि गरेको बताए । उनले भने,‘ नेपालमा बिजुलीको उपलब्धता र विश्वसनियतामा सुधार गर्नुकासाथै क्षेत्रीय विद्युत व्यापार र अन्तरआवद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरुसँग मिलेर कामगर्न पाउँदा हामी गर्ववान्वीत छौं ।’
एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण निर्माण गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि गरिएको ६९ करोड ७० लाख डलरको ऐतिहासिक लगानी हो ।
विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तरआबद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पुरÞ्याउन एमसिसी नेपाल कम्प्याक्ट तयार गरिएको हो ।

Inside Article Ads
Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.