
काठमाण्डौ- आज श्री पशुपति रूद्र ज्ञान महायज्ञको अवसरमा देवी अभियान लाई विदुषि उपाधि सहित सम्मान प्रदान गरिएको छ।
उक्त सम्मान कार्यक्रम स्वस्ति वाचन, बाजागाजा र वैदिक विधिअनुसार भव्य रूपमा सम्पन्न आयोजक समितिका प्रतिनिधि उद्धवकुमार घिमिरेले बताए । यज्ञ मञ्चमा उपस्थित श्रद्धालु भक्तजनहरूले पनि विदुषिको दिव्य वाणीको सराहना गर्दै सम्मान प्रकट गरेका थिए।
यज्ञमार्फत धर्म, संस्कृति र राष्ट्र सेवामा अतुलनीय योगदान दिँदै आएका ईशवर किशनले विभूषित गर्दै भने, “धर्मको क्षेत्रमा उहाँको योगदान यथार्थमै विदुषि योग्यताको प्रतिक हो।”
