
लमजुङ ।
लमजुङका काँग्रेस सभापतिसमेत रहेका गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङ समेत रहेका गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर गुरुङ पक्षधर युवाहरुबीच नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल लमजुङको अधिवेशनमा संस्थापन पक्ष र इतरपक्षबीच विवाद हुँदा खुकुरी हानाहान भएको छ ।
(शनिबार) अधिवेशनको उद्घाटनसत्रमा नै खुकुरी हानाहान भएको भिडियो सार्वजनिक भएकाे छ । सो क्रममा चार जना घाइते भएकाे बताइएको छ ।
संस्थापन पक्षले इतरपक्षलाई खुकुरी हानेका थिए । खुकुरी प्रहारबाट बेसीसहर नगरपालिका –९ का वडाअध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य सुदीप अधिकारी र तरुण दलका सदस्य धन घले घाइते भएका छन् । अधिकारीको टाउकोमा गम्भीर चोट लागेकाले उनलाई उपचारको लागि चितवन मेडिकल कजेल भरतपुर पठाइएको छ भने अन्य तीन जनाको प्रदेश अस्पताल लमजुङमै उपचार भइरहेको छ ।
