Fast Nepal News

बागमती प्रदेश सरकारबाट घोषित प्रोत्साहन रकम यथासीघ्र उपलब्ध गराउनुपर्ने माग

banner single news

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बागमती प्रदेश सरकारबाट घोषित प्रोत्साहन रकम यथासीघ्र उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई बागमती प्रदेश सरकारबाट घोषित प्रोत्साहन रकम यथासीघ्र उपलब्ध गराउनुपर्ने माग गर्दै संघले युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

संघका केन्द्रिय सदस्य अजित गुरुङ सतिहका प्रतिनिधिले २०७९ असोज २८ देखि कात्र्तिक ३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा बागमती प्रदेशबाट सहभागिता जनाएर स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीको प्रोत्साहन भत्ता यथाशीघ्र उपलब्ध गराउन माग गरेको हो। प्रतियोगिता सम्पन्न भएको लामो समयसम्म पनि प्रदेश सरकारबाट पूर्वघोषित सम्मान प्राप्त नहुँदा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीमा रहेका खेलाडीमा निराशाजनक अवस्था श्रृजना भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

Inside Article Ads

तत्कालिन युवा तथा खेलकुदमन्त्री रन्तप्रसाद ढकालले पदक प्राप्त खेलाडीहरुलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेका थिए ।

मन्त्रालयले स्वर्ण विजेता खेलाडीलाई जनही १ लाख, रजत विजेता खेलाडीलाई जनही ७५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको थियो । तर, कार्यविधि नहुँदा १ सय ४५ जना पदक विजेता खेलाडीका लागि अर्थमन्त्रालयबाट २ करोड २४ लाख रकम निकासा हुन सकेन । ध्यानाकर्षण पत्र बुझ्दै खेलकुदमन्त्री महर्जनले कार्यविधि निर्माण गरेर यथासीघ्र रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्

 

 

Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.