
एसियन जुडो च्याम्पियनसिपमा नेपालकी मनिता श्रेष्ठ प्रधानले सहभागता जनाउने भएकी छन् ।
आगामी वैशाख ८ देखि ११ गतेसम्म उक्त खेल हङकङमा हुँदैछ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष वज्राचार्यले सो प्रतियोगितामा खेल्ने जुडो टिमलाई बुधबार शुभकामनासहित विदाइ गरेका छन् ।
अहिले नेपाल ओलम्पिक कमिटीअन्तर्गतको ओलम्पिक छात्रवृत्तिमा रहेकी मनितासँगै प्रशिक्षक देवु थापा र खेल निर्देशक सुप्रसिद्ध ताम्राकार पनि हङकङ जाने टोलीमा छन् ।
