
म त फसे जस्तो लाग्यो’ बोलको गीत सार्वजनिक
गायक सुरेश लामाको स्वरमा म त फसे जस्तो लाग्यो’ बोलको गीत सार्वजनिक भएको छ ।
एमटी गणेश अधिकारीको शब्द, सौगात जङ्ग थापाको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन विशाल निरौलाले गरेका हुन् । प्रेम , नृत्य र रोमान्सलाई निकै आकर्षक रुपमा गीतमा प्रस्तुत गरिएको छ । युवराज खत्रीको निर्देशन ,केशवराज भट्टको कोरीयोग्राफी , सुजन श्रेष्ठको छायाङ्कन, युवराज खत्रीको सम्पादनमा भिडियो तयार गरिएको छ ।
भिडियोमा विशाल श्रेष्ठ र प्रनिमा दाहालको अभिनय रहेको छ । गीत राम्रो बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता एमटी गणेश अधिकारीले बताए ।
