
कर्ण बहादुर कुवँर /समाचार लेखक
१८ कार्तिक,काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्पबाट घाइते भएकाहरुको उपचारबारे जानकारी लिन जाजरकोट अस्पताल पुगेका छन्। उनले त्यहाँ घाइतेहरुसँग कुराकानी गरेका छन् ।भूकम्पबाट घाइतेहरुले स्वास्थ्य केन्द्र र अस्पतालहरु भरिभराउ भएका छन् । जिल्लाका स्वास्थ्य संस्थाले थेग्न नसक्ने अवस्थामा छन् । प्रधानमन्त्रीले घाइतेहरुको उद्दार र उपचारका लागि अपिल गरेका छन् ।
नेपालगन्जको भेरी अपस्ताललाई डेडिकेडेट अस्पतालको रुपमा तोकिईसकेको छ । प्रधानमन्त्रीले जाजरकोट जिल्ला अस्पतालमा घाइतेहरुसँग कुराकानीपछि उपचारका लागि आवश्यक पर्ने सवै तयारी गर्न जिल्ला अस्पताललाई निर्देशन दिएका छन्।
