
७ भदौ,काठमाडौँ-संसदीय समितिका सभापतिहरू छान्न भदौ ११ गते निर्वाचन हुने भएको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिहीबारको संसद बैठकमा निर्वाचनको कार्यतालिका प्रस्तुत गर्दैछन् । निर्वाचन भएसँगै संसदीय समितिहरूले नेतृत्व पाउने भएका छन्।
दलहरूबीच यसअघिनै नेपाली कांग्रेसले ४,नेकपा एमाले ३, नेकपा माओवादी केन्द्र २, जनता समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादी र जनमतले १-१ समितिको सभापति पाउने गरी सहमति भएको छ।
