Fast Nepal News

गायक नरेश गुरुङको ‘केही त बोली देउन’ बोलको म्युजिक भिडियो सार्वजनिक

banner single news
२२ असार,काठमाडौँ-अमेरिकामा बसेर फिल्म निर्माण सम्बन्धि अध्ययन गरिरहेका बिक्रम साम्पाङको शब्दमा रहेको ‘केही त बोली देउन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक नरेश गुरुङको सुमधुर स्वरमा सजिएको  यस गीतलाई शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेका हुन्।  गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।
भिडियोमा मोबिन सुब्बा र सुनिता डाँगी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  मोबिन अमेरिकामा पाइलट विषय अध्ययन गरिरहेका छन्। भिडियोको सम्पूर्ण छायाँकन अमेरिकामा गरिएको हो जसलाई राज माझीले खिचेका हुन्।  सुस्मिता राई सहायक निर्देशक रहेको भिडियोलाई बिक्रम साम्पाङको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।

यसअघि बिक्रमको शब्दमा रहेको ‘अतालिन्छ यो मन’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ। नयाँ भिडियो ‘न्यु क्रियशन प्रोडक्शन’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

भिडियो लिंक: https://youtu.be/tLJaz7rn960

 

Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.