Fast Nepal News

यशस्वीको कीर्तिमान अर्धशतक

banner single news

२९ बैशाख,कोलकाता — यशस्वी जैसवालले इन्डियन प्रिमियर लिगको इतिहासमै सबैभन्दा तीव्र गतिमा अर्धशतक बनाएपछि राजस्थान रोयल्सले बिहीबार कोलकाता नाइटराइडर्सलाई सजिलै नौ विकेटले हराएको छ । उनले ६ चौका र ३ छक्का प्रहार गर्दै १३ बलमै अर्धशतक पूरा गरे ।

त्यसअघि केएल राहुल र प्याट कमिन्सको नाममा १४ बलमा ५० रनको कीर्तिमान थियो । यशस्वी ९८ रन बनाएर नटआउट रहँदै राजस्थानले १ सय ५० रनको लक्ष्य ४१ बलको खेल बाँकी छँदै पूरा गर्‍यो ।

राजस्थानका लागि अर्का नटआउट ब्याटर सन्जु सामसनले ४८ रन बनाए भने टिमले एक विकेटमा १ सय ५१ रन बनायो । त्यस अगाडि कोलकाताले आठ विकेटमा १ सय ४९ रन बनाएको थियो ।

Inside Article Ads

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.