Fast Nepal News

न्युजलाईनस नेपालको सातौँ वार्षिक उत्सव विचार, गोष्ठी तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न

banner single news

न्युज नेपाल एचडी संवाददाता

२१ माघ, काठमाडौँ-न्युजलाईनस नेपालले सातौँ वार्षिक उत्सव अवसरमा पर्यटन प्रवद्र्धनका सञ्चार माध्यमहरुको भूमिका विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। न्युज लाईन्स नेपालका अध्यक्ष रीता भट्टको सभापतित्वमा कार्यक्रम सुरु भएको थियो।

 

कार्यक्रमको शोभा बढाउन प्रमुख अतिथिको रूपमा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी र विशिष्ट अतिथिको रूपमा कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले गर्नुभएको थियो। न्युजनेपाल लाईन्सले सातौँ वार्षिक उत्सवका अवसरमा सञ्चालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत व्यबसायी, सञ्चारकर्मीहरूको उपस्थित रहेको थियो।

 

Inside Article Ads

न्युजलाईन्स नेपालको सातौँ वार्षिक उत्सवमा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी पूर्व मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले न्युज लाईन्स नेपालको सातौँ वार्षिकोत्सवमा शुभकामना सन्देश व्यक्त गर्नुभयो। शुभकामना सन्देश व्यक्त गर्नुहुँदै न्युज लाईन्स नेपालले समुन्नत र मर्यादित पत्रकारिता गर्दै आफ्नो धर्म र कर्मलाई निर्वाह गर्नेछ भन्दै आवाजविहिनहरूको आवाज बनेर अघि बढ्ने संकल्प गर्नेछ भनी विश्वास व्यक्त गर्नुभयो।

 

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा  बोल्नुहुँदै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्युज लाईन्स नेपालले सातौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभयो। शुभकामना व्यक्त गर्नुहुँदै सञ्चार क्षेत्रको यात्रामा गम्भीर भएर लाग्न आग्रह गर्नुभयो। शक्ति, सत्ता होईन सत्यको आधारलाई लिएर सञ्चार माध्यममा सत्य,तथ्य निष्पक्ष रुपमा समाचार प्रसारण गर्नेछ भन्दै आफ्नो अमूल्य धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा उपस्थित भएका सञ्चार उघमी र पर्यटन व्यवसायीहरुले पर्यटन प्रवद्र्धनका सञ्चार माध्यमहरुको भूमिका विषयक विचार गोष्ठी विषयमा बोल्दै पर्यटन क्षेत्रको विकासमा सञ्चारमाध्यमले सत्य,तथ्य, निष्पक्ष रूपमा पर्यटन प्रवद्र्धनका लागि समाचार, भिडियो, फोटो फिचर प्रस्तुत गर्नाले पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।

पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुर्याउन सकोस् भनी न्युजलाईन्स नेपालको सातौँ वार्षिकोत्सवमा अवसरमा सञ्चार उद्यमी तथा पर्यटन व्यवसायीहरुले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा प्रमुख सभापति तथा न्युज लाईन्स नेपालका अध्यक्ष रीता भट्टले प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सञ्चार जगत, पर्यटन क्षेत्रबाट कार्यक्रममा उपस्थित भएका सम्पूर्ण व्यक्तिलाई मायाको चिनो प्रदान गरेर कार्यक्रम भव्यताका सम्पन्न गर्नुभएको छ। न्युज लाईन्स नेपालले भव्यताका साथ आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ।

Visited 90 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.