
१७ माघ, काठमाडौँ-राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डलको नेपाल भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्ता गर्नुभएको छ।
भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बुझिएको एमाले संसदीय दलको कार्यालयले जनाएको छ। राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ।
