
१३ माघ, काठमाडौँ -स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दा नेपाल विद्यार्थी संघ निर्वाचन घोषणापत्रको तयारीमा जुटेका छन्।
नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको लागि निर्वाचन अगावै घोषणापत्रको तयारीमा जोड दिएका छन्। स्ववियू निर्वाचनको सहभागितालाई प्रभावकारी बनाउन निमित्त नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्वको संयोजकत्वमा स्ववियू निर्वाचन २०७९ घोषणापत्र तयारी समिति गठन गरिएको छ।
गन्धर्वको नेतृत्वमा गठित समितिमा ३३ सदस्यीय समिति रहेको नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले जानकारी दिनुभयो।
