
१९ पुष, काठमाडौँ-७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएको एक साता वित्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गर्न सकिरहेको छैन।
प्रधानमन्त्रीले एक साता अघि नियुक्त गरेका चार मन्त्रीलाई जिम्मेवारी दिइएको छैन। आफूलाई प्रधानमन्त्री नियुक्त गर्न १ सय ६९ सांसदले समर्थन गरेपनि केही दलले सरकारमा सहभागी हुन फरक फरक सर्त राखेकाले दाहाल विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा छन् ।
उनले प्रतिनिधिसभामा पुस २६ गते विश्वासको मत लिने भएका छन् । सात दलीय सत्ता गठबन्धनमा कुनै नाटकीय फेरबदल नभए दाहालले सहजै विश्वासको मत पाउने भएका छन्। अब प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिएपछि मन्त्रीपरिषद् कसरी विस्तार हुन्छ त्यो भने हेर्न नै बाँकी छ।
