
१२ पुष, काठमाडौँ -राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी नवगठित सरकारलाई समर्थन गरेको छ। प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेको सहयोगमा नवगठित गठबन्धनमा सहभागी भएका दुई पार्टीले सरकारमा समर्थन गरेका छन्।
तर सरकारमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुन सकेको नै छैन। हिन्दू राष्ट्र र राजतन्त्रको विषयलाई बटमलाईन बनाएको राप्रपा र रेशम चौधरीको उन्मुक्ति हुनुपर्ने बटमलाईन बनाएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग र सर्तहरू सम्बोधन भएमा मात्र सरकारमा जाने र तत्काल सरकारमा नजाने निर्णय गरेको छ।
