
१० पुष, काठमाडौँ-नेपाल राष्ट्रिय इन्जिनियर संगठन (NEON) बागमती प्रदेशको प्रथम भेला भब्यरुपमा सम्पन्न भएकोछ। संयोजक गुन्जमान तामाङको संयोजकत्वमा सह-संयोजक इन्जिनियर राम भारती , राजेश्वर फुल्याल,मदन शुभेदी, अनुप क्षेत्री र, नवीन काफ्ले सहितका सदस्यहरु नेपाल राष्ट्रिय इन्जिनियर बागमती प्रदेशको प्रथम सम्मेलनले चयन गरेको छ।
सबै भुगोल र क्षेत्र समेट्ने गरी सदस्य साथीहरुलाई नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनले बागमती प्रदेशको जिम्मेवारी प्रदान गरेको संयोजक गुन्जमान तामाङले बताउनुभयो। नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको प्रथम प्रदेश सम्मेलन प्रभावकारी रुपमा सम्पन्न बनाउन सफल बनाउन उपस्थित सम्पुर्ण प्रमुख अतिथी, अतिथिहरु, साथीहरु, नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको (NEON) केन्द्रीय कमिटि लगायत सिङ्गो आयोजक टिम प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद प्रकट गर्दै तामाङले आफूले पाएको जिम्मेवारीमा सकेसम्म छोटो भन्दा छोटो अवधिमा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
