
१० पुष, काठमाडौँ -सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई शीर्ष नेताहरुको प्रधानमन्त्री बन्ने अडान कायमै रहेपछि सत्ता गठबन्धन भत्किएको छ। निर्वाचनसँगै सहकार्य गरेर गएको सत्ता गठबन्धनको नेताहरुबिच पदीय तालमेल नमिलेपछि सत्ता गठबन्धन आजदेखि विघटन हुन पुगेको हो।
सत्ता गठबन्धन विघटन भएपछि प्रचण्ड नेकपा एमालेका अध्यक्षलाई भेट्न बालकोट पुगेका छन्। एमालेको समर्थनमा राष्ट्रपति समक्ष दाबी पेश गरी आलोपालो गरी नेकपा माओवादी केन्द्र र नेकपा एमालेले सरकार गठन गर्ने भएको छ। नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुने निश्चित देखिन्छ।
Visited 21 times, 1 visit(s) today
