
१० पुष, काठमाडौँ -सत्ता गठबन्धनको दुई शीर्ष नेताहरु सत्ता समीकरण गरी नयाँ सरकार गठन गर्ने तयारीमा जुटेका छन्। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदमा आ-आफ्नो दाबी कायम नै राखेका छ।
नेपाली कांग्रेसले बढी बहुमत प्राप्त गरेको हुनाले नेपाली कांग्रेस नेतृत्वको सरकारले प्रधानमन्त्री बन्न पाउनुपर्ने अडानबाट कांग्रेसका सभापति शेरबहादुर देउवा पछि हटेको छैन। यसैगरी सत्ता गठबन्धनको दल नेकपा माओवादीका अध्यक्षले आफूले नै प्रधानमन्त्री पद पाउने दाबी गरिरहनुभएको छ।
आफू प्रधानमन्त्री हुन नपाए गठबन्धन तोड्नेसमेत माओवादी केन्द्रले दबाब दिँदै आएको छ।अब सत्ता गठबन्धनको बैठकले के निर्णय गर्छ त्यो भने को प्रधानमन्त्री बन्छ र सत्ता गठबन्धनको नेतृत्व सरकार बन्छ कि बन्दैन त्यो भने हेर्न नै बाँकी छ।
Visited 6 times, 1 visit(s) today
