Fast Nepal News

कसले नेतृत्व गर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धनका नेताहरु अन्योलमा

banner single news
१० पुष, काठमाडौँ-राष्ट्रपतिले सरकार गठनको लागि दिएको समय १० घण्टापछि सकिदैछ।तर सत्ता गठबन्धनको नेताहरुले भने संसदीय दलको नेतामा कसलाई चयन गर्ने भनेर टुंगो लगाएको छैन। हिजो शनिबार दिउँसो ३ बजे बालुवाटारमा बसेको बैठक भने निष्कर्षबिहिन रहेको छ।
नेपाल सरकारका प्रवक्ता तथा सूचना सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आईतबार बस्ने टुंगो लगाएको छ। यदि आजको बैठकले सत्ता गठबन्धनको तर्फबाट प्रधानमन्त्री तथा विभिन्न पदमा सिट बाँडफाँड भएको अवस्थामा सरकार गठनको मार्ग तय हुनेछ।यदि आजको १० घण्टाभित्र प्रधानमन्त्रीको टुंगो लगाउन नसकेमा सत्ता गठबन्धनको नेताहरुले सरकार गठन प्रक्रियाको लागि सरकार गठनमा अघि बढ्न राष्ट्रपतिसँग थप समय माग गर्नुपर्ने छ।
Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.