Fast Nepal News

गठबन्धनको नेतृत्वमा नयाँ सरकार निर्माण हुन्छ:-ज्ञानेन्द्रबहादुर कार्की

banner single news
९ पुष, काठमाडौँ -सत्ता गठबन्धनको आजको बैठक सम्पन्न भएको छ। बैठकमा सरकार गठबन्धनको बारेमा भने आजको बैठकले टुंगो लगाउन सकेको छैन । सत्ता गठबन्धनको आजको बैठकले सत्ता समीकरण र नयाँ सरकारको विषय टुंगो लगाउन नसकिएको नेपाल सरकारको प्रवक्ता तथा सूचना सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो।
भोली बिहान बस्ने सत्ता गठबन्धनको बैठकले सत्ता गठबन्धनमा रहेका दलमध्ये पहिलो चरणको प्रधानमन्त्री को बन्ने हो भन्ने निष्कर्षमा पुग्ने नेपाल सरकारको प्रवक्ता तथा सूचना र सञ्चार मन्त्री कार्कीको भनाई छ।
कार्कीले सञ्चारकर्मीसँग कुराकानी गर्दै जनताको ईच्छा र चाहना अनुसार सत्ता गठबन्धनले सरकारको नेतृत्व गर्ने विषयमा समेत आफ्नो धारणा प्रस्तुत गर्नुभएको छ।
Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.